डोटी,साउन १३ – क्षेत्रीय सदरमुकाम दिपायलको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला बजारमा बुधबार जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार से १ ज २२५ नम्बरको जिप दुर्घटना हुदा २ महिला र १ पुरुष घाइते भएका हुन् ।
घाइते हुनेमा  पचनाली गाविस ६ ल्वाखडी बस्ने विन्देश्वरी मल्ल, तिलताली गाविस बस्ने गुमा महरा र गाडीका सहचालक मानबहादुर कुँवर रहेका छन ।

Post a Comment

 
Top