उहाँले पानस प्रदर्शनीको लागि भनेर नै
विशेष किसिमले बनाउनुभएको भन्नुभयो । आयोजकले उहाँले बनाउनुभयो पानसलाई नै
प्राथमिकता दिए । प्रमुख अतिथि उपप्रधानमन्त्री प्रकाशमान सिंहले ८४
वर्षका कलाकार ताम्राकारले बनाएको नयाँ पानसमा बत्ती बालेर प्रदर्शंनीको
उद्घाटन गर्नुभयो ।
पानसका
कलात्मक बुट्टा उपप्रधानमन्त्री सिंहकी श्रीमतीलाई औधी मन परेछ ।
प्रदर्शनी अवलोकन गरेर फर्किएपछि पानसको मूल्य कति पर्दछ भनेर उहाँले
टेलिफोनमार्फत सोध्नुभएको आयोजक नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवम
हस्तकला डिजाइन तथा विकास समितिका सभापति धर्मरत्न शाक्यले बताउनुभयो ।
उहाँ मात्रै होइन, प्रदर्शनीमा सहभागी
हुने जो कोही पनि कलाकारको सीपलाई प्रशंसा गरेर मात्र फर्कने गर्दछन् ।
बगंलादेशका राजदूत मास्फी विन्ते शाम्स पनि शुक्रबार आर्ट काउन्सिल
पुग्नुभयो । नेपाली कलाकाहरुको सीप देखेर छक्क पर्दै नेपालको परम्परागत
हस्तकलालाई बंगलादेशमा लैजानको लागि रुची देखाउनु भयो । प्रदर्शनीमा
राखिएका धेरै सामग्रीहरु हिन्दु र बौद्ध दर्शनसँग सम्वन्धित भएकोले
बंगलादेशमा लैजान अप्ठेरो पर्दछ कि भनेर आयोजकले भन्दा पनि उहाँले
कलाकारिता धर्म भन्दा पनि माथि भएकोले त्यस्तो समस्या नपर्ने बताउनु भयो ।
परम्परागत
कलामा प्रदर्शनीमा दर्शकहरुको सहभागिता बढ्न थालेको छ । गएको बिहीबारदेखि
शुरु भएको प्रदर्शनीमा दैनिक १ हजारको हाराहारीमा दर्शकहरुको सहभागिता
रहेको छ । प्रदर्शनीमा हस्तकला महासंघबाट सम्मानित भएका १४ जना वरिष्ठ
परम्परागत कलाकारले बनाएका सिर्जना राखिएका छन् । वरिष्ठ कलाकार बालकृष्ण
तुलाधर, भीम शाक्य, चैत्यराज शाक्य, चिनकाजी ताम्रकार , धर्मराज शाक्य ,
दीपक जोशी, लोक चित्रकार, महेन्द्र शाक्य, प्रचण्ड शाक्य, राजकुमार शाक्य,
शान्त कुमार शाक्य, उदय चरण श्रेष्ठ र कालु कुमालेले बनाउनुभएका धातुकला,
प्रस्तरकला, पौभाकला, थ्वज्या माज्या लगायतका हस्तकलाका सामग्री राखिएका
छन् ।
त्यस्तै हस्तकला महासंघबाट विभिन्न समयमा
पुरस्कृत ११ जना नवोदित कलाकारहरुले बनाउनु भएका हस्तकलाका सामग्रीहरु
राखिएका छन् । कलाकारहरु अमिर शाक्य , दिपक राज शाक्य, दिलिप राज
बज्राचार्य , फत्तेज्योति शाक्य , राम प्रकाश श्रेष्ठ, शेर बहादुर महर्जन,
सिद्धार्थ शाक्य ,सुन्दर बज्राचार्य , विनोद शाक्य , चन्द्र मान शाक्य र
चन्द्र मान शाक्यका सामग्रीहरु राखिएका छन् ।
१२ औं शताब्दीमा नेपालका कलाकार अरनिकोले
तिब्बतमा गएर गोल्डन पेगोडा बनाएर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका
थिए । नेपालमा अहिले पनि धेरै कुशल कलाकारहरु छन् । अहिले पनि विदेशीहरु
उपत्यकाको गल्ली गल्लीमा कलाकार खोज्नको लागि नेपाल आउने गरेको कलाकारहरुको
अनुभव छ । तर नेपालमा भने कलाकारको सीपको खासै सम्मान नभएको उनीहरु गुनासो
गर्छन् ।
अहिलेको
प्रदर्शनीमा पनि विभिन्न देशका राजदूतहरु तथा कुटनैतिक नियोगका प्रतिनिधि
सबैजसो पुगेका छन् । तर सरकारी निकायका प्रतिनिधि भने निमन्त्रणा पठाए पनि
नपुगेको अनुभव आयोजकसँग छ । साँच्चै परम्परागत कलाकार नेपालको सम्पत्ति हो
कि होइन भनेर हेर्नको लागि पनि प्रदर्शनीमा सहभागी हुन आयोजकले अनुरोध
गरेका छन् । प्रदर्शनी बबरमहलमा रहेको आर्ट काउन्सिलमा सोमबारसम्म चल्नेछ ।

Post a Comment