भदौ १९ – बोलिभिया विरुद्धको मैत्रिपूर्ण फुटबलमा अर्जेन्टिना विजयी भएको छ । शनिबार बिहान अमेरिकाको टेक्ससमा भएको खेलमा अर्जेन्टिनाले बालिभियालाई ७–० ले हराएको हो । खेलको छैटौं मिनेटमा एजिक्युल लभेजीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । ३४ औं मिनेटमा सर्जियो अग्युरोले अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा एजिक्युलले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता ३–० मा पुर्‍याए । बोलिभियामाथि दबाबपूर्ण खेल प्रदर्शन गरेको अर्जेन्टिनाको लागि ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–० दिलाए । स्टार स्टाइकर लियोनल मेस्सीले ६७ र ७५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता ६–० मा पुर्‍याए । अर्को एक गोल एन्जल कोरियाले गरे । उनले खेलको ८४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ७–० को सानदार जित दिलाए ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top