काठमाडौं, साउन २ – सरकारी स्वामित्वका नौवटा वित्तीय संस्थाले गएको आर्थिक वर्षमा मुनाफा गरेका छन् । सार्वजनिक संस्थानले आर्थिक वर्ष २०७०/७१ को तुलनामा आर्थिक वर्ष ०७१/७२ मा सञ्चालन आयमा १५ दशमलव ९८ प्रतिशतको सञ्चालन आय वृद्धि गरेको वार्षिक समीक्षामा उल्लेख छ ।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८३ करोड ३७ लाख, कृषि विकास बैंकले एक अर्ब ४९ करोड १८ लाख र एनआइडिसी डेभलपमेन्ट बैंकले १ अर्ब २५ लाख नाफा गरेका छन् ।
कृषि विकास बैंक, वाणिज्य बैंक, राष्ट्रिय बिमा संस्थान, एनआइडिसी, डेभलपमेन्ट बैंक, निक्षेप तथा कर्जा सुरक्षण निगम, नेपाल आभास फाइनान्स लिमिटेड, नेपाल स्टक एक्सचेन्ज, नागरिक लगानी कोष र जलविद्युत् लगानी तथा विकास कम्पनी  सरकारको स्वामित्वमा सञ्चालित छन ।

Post a Comment

 
Top