भक्तपुर, साउन २ – संविधानको मस्यौदामा धर्म निरपेक्ष कायम गरेको विरोधमा राप्रपा नेपालले शनिबार भक्तपुरमा संविधानको मस्यौदा सहित धर्म निरपेक्षको पुत्ला जलाएको छ । 
संविधानको मस्यौदा हिन्दू धर्मको बिरुद्धमा रहेको भन्दै राप्रपा नेपालले भक्तपुरमा भक्तपुरमा बिरोध र्याली प्रर्दशन गरेको हो । भक्तपुरको दूधपाटीबाट सुरु भएको र्याली बंशगोपाल, तौमढी, सुकुलढोका, हुदै दत्तात्रय पुगेर सभामा परिणत भएको थियो । 
सभामा राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरुङ्ग, प्रवक्ता एवं सभासद विष्णुृ भट्टराई, राप्रपाका केन्द्रीय सदस्य एवं सभासद दिनेश श्रेष्ठ, केन्द्रीय सदस्य रामेश्वर थापा लगायतले धर्म निरपेक्ष सहितको संविधान मान्न नसकिने बताउनुभयो । 

Post a Comment

 
Top