गोरखा, साउन २ – भारतको पटना रेडक्रसले गोरखाका भूकम्पपीडितलाई पठाइएको औषधी म्याद नाघेको पाइएको छ । पीडितका लागि लगिएको जीवनजल, घाउमा लगाउने बेटाटिन सोलुसन, एमोक्सिलिन इन्टिवायोटिक, मेट्रोडाजोन र नसा र स्नायु रोगसम्बन्धी औषधिको म्याद सकिएको पाइएको हो ।

म्याद सकिएका औधषी टेण्टभित्रै राखिएको र त्यसलाइ नष्ट गर्न समस्या भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले जनाएको छ । भारतको पटना रेडक्रसले पर्सा रेडक्रससँग समन्वय गरी गोरखामा औषधि ल्याएको थियो ।
म्याद सक्न केही समय मात्र बाँकी रहेको औषधी ल्याएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख दोस्रो साता औषधी आयात नगर्न रेडक्रसलाई सुझाव दिएको थियो । जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले सडेका औषधि नष्ट गरिने बताउनुभयो । 

Post a Comment

 
Top