काठमाडौं, साउन २ – शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षामा सबैको समान पहुँच हुनुपर्ने बताउनुभएको छ । नेपाली होटल व्यवसायी संघले काठमाडौंमा गरेकोे कार्यक्रममा उहाँले सबैका लागि शिक्षा गुणस्तरीय हुनुपर्ने बताउनुभयो ।
२०७१ सालको प्रवेशिका परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मान तथा भूकम्पमा परी ज्यान गुमाएका  होटल व्यवसायीका छोराछोरीको पठनपाठनमा सहयोग पु¥याउन होटल व्यवसायी संघले अक्षय कोष स्थापना गरेको छ । अक्षय कोषमा आज झण्डै ५० हजार संकलन भएको संस्थाका महासचिव डिबी राईले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले विदेशमा काम गरेर गौरवको अनुभूति गर्नुभन्दा स्वदेशमा काम गर्ने बानीको विकास गर्नु र अरुले गरेको कामलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता ठाकुर गैरेले काम खोज्न विभिन्न देशमा जानुभन्दा नेपालमै काम गरे प्रशस्त आम्दानी गर्न सकिने बताउनुभयो । संघका अध्यक्ष शेरबहादुर थापाले विपतमा परी ज्यान गुमाएकाको नाममा स्थापित कोषमा सक्दो आर्थिक सहयोग गर्न आग्रह गर्नुभयो ।

Post a Comment

 
Top