काठमाडौं, साउन २ – विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले जर्सीलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा विकेट गुमाउदै रन १ सय ५ बनाएको हो । 

निकै खराव सुरुवात गरेको नेपालका लागि ट्वेन्टी ट्वेन्टीमा डेब्यु गरेका सिन्द्धान्त लोहनीले सर्वाधिक २७ रन बनाए । त्यस्तै ज्ञानेन्द्र मल्लले २६, सरद भेष्वाकरले १६  र पारस खड्काले ११ रन बनाए । 
नेपालले आजको खलमा फराकिलो जित हात पारेमा र नामिबिया या हङकङले दुवै खेल हारेमा रन रेटका आधारमा नेपालको दोश्रो चरण प्रवेशको संभावना रहनेछ । 

Post a Comment

 
Top