नवलपरासी, साउन ४ - संविधानको पहिलो मस्यौदामामाथि सुझाव दिने नवलपरासी क्षेत्र नम्बर २ का नागरिकहरुले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन्  । कावासोतीमा नवलपरासी क्षेत्र नं. २ का  सभासद जीवन श्रेष्ठसँगको छलफका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । 
कावासोती– ८ का दिवाकर पौडेलले स्थानीयदेखि केन्द्र सरकारका प्रमुखहरु प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिनुभयो । ‘वडामा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्छ, केन्द्रमा प्रधानमन्त्री प्रत्यक्ष चुन्न पाउने व्यवस्था राखौं ।’ उहाँले भन्नुभयो ‘समानुपातिक व्यवस्थालाई ४० प्रतिशतबाट घटाएर २० मा झार्नुपर्छ ।’  प्रदेशहरु बनाउदा उत्तर– दक्षिण जोड्नुपर्ने उहाँको सुझाव छ । संघीय प्रदेश बढीमा पाँच हुदा राम्रो हुने उहाँको तर्क छ । 
लोकतान्त्रिक ब्यवस्थामा पहिलो हुनेले जित्ने भएकाले राजनैतिक स्थायित्वका लागि पाँच प्रतिशत मत प्राप्त गर्ने दललाई मान्यता दिनुपर्नेमा जोड दिँदै उहाँले थप्नुभयो ‘थ्रेस होल्ड भएन भने अराजकता  निम्तिन्छ ।’
कुमारवर्ती बहुमुखी क्याम्पसमा प्रमुख  झपेन्द्रश्वर भुषालले पनि वडा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्नेमा जोड दिनुभयो । समानुपातिक  ब्यवस्थामा प्राथमिकता सुची अनुसार नै हुनुपर्ने सुझाव उहाँको छ ।  स्थानीय पदेश  सरकारमा प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने  भुषालले बताउनुभयो ।  
नामांकन र सिमांकन  नतोकि मस्यौदा ल्याएकोले आठ प्रदेश कहाँ हो भन्ने अन्यौल भएको  कावासोतीका कुलबहादुर गुरुङ्गले बताउनुभयो  ।  ‘यहि संबिधान सभाले नामांकन र सिमांकनको ब्यवस्था गर्नुपर्छ ।’ गुरुङ्गले भन्नुभयो  । 
नागरिकबाट निर्वाचित कार्यकारी प्रमुख हुने ब्यवस्था उत्तम हुने धारणा मोति रिजालको छ । ‘शासकीय स्वरुपमा माथिदेखि तलसम्मका कार्यकारी प्रमुखहरु प्रत्यक्ष निर्वाचित होस् मेरो यहि सुझाव छ ।’ उहाँले भन्नुभयो ‘अहिलेकै शासन ब्यवस्थाले परिवर्तनलाई हाक्न सक्दैन ।’
ओमकला गौतमले महिलाको हकमा  राज्यका हरेक निकायमा समानुपातिक सहभागी हुनुपर्नेमा जोड दिनुभयो  । लिला थनेत ( पोखरेल) ले राज्य सञ्चालनमै महिलाको अर्थपुर्ण सहभागीको सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो । 
सुझाव राख्ने क्रममा कावासोती– ४ का रमाकान्त चापागाईले धर्म निरपेक्षता हुन नहुने  तर बलियो सरकार हुने प्रत्यक्ष निर्वाचित  कार्यकारी हुने ब्यवस्था चाहिएको बताउनुभयो  । 

Post a Comment

 
Top