भक्तपुर, साउन १ – साउन महिना सुरु भएसँगै
शुक्रबारदेखि भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल स्थित प्रसिद्ध
आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।
बिहानैदेखि दर्शनार्थीको आगमन बढेको
डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका उपाध्यक्ष किरण थापाले
बताउनुभयो । आशापुरी महादेव मन्दिरमा साउन महिनामा मेला भरेमा मनले चिताएको
पुग्ने जनविश्वास छ ।
आशापुरी महादेव मन्दिरमा विशेषगरी पूजा
पाठ गर्ने, रुद्री, होम गर्ने र साउन महिनामा व्रत बस्ने महिला
दर्शनार्थीको भीड लाग्ने गरेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडांै र
काभ्रेको विभिन्न क्षेत्रका दर्शनार्थी आउने गरेका छन् ।
त्यसैगरी सिपाडोल मै रहेको केदारनाथको शीर
मानिएको डोलेश्वर महादेव मन्दिरमा पनि शुक्रबार बिहानैदेखि दर्थनार्थीको
भीड लागेको छ । साउन महिना भएकाले यस महिना भरी नै मेला भर्न दर्शनार्थीको
भीड लाग्ने मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष थापाले बताउनुभयो ।
साउन महिनामा दर्शनार्थीको भीड लाग्ने
भएकाले दर्शनार्थीलाई सहज रुपमा पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन
स्वयंसेवक परिचालन गरिएको थापाले बताउनुभयो ।
Post a Comment