काभ्रे, असार ३० – काभे्रको मंगलटारमा दूध बोक्ने गाडीमा यात्रु बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बा ३ ख ५५५१ नम्बरको बस दूध भरिरहेको बा ३ ख ३७६९ नम्बरको गाडीमा ठोक्किएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक भरत लामाले बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

Post a Comment

 
Top