सुर्खेत, श्रावण ३२ । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको आन्दोलन सोमबार आठौं दिनमा प्रवेश गरेको छ ।

आठ दिनदेखिको बन्दले जनजीवन नराम्ररी प्रभावित बनेको छ । शुरुवाती दिनमा हिंसात्मक बनेको आन्दोलन अहिले शान्तिपूर्ण ¥याली र कोणसभामा केन्द्रित भएको छ ।
कांग्रेस, एमाले,एमाओवादी, राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र मजदूर किसान पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले मध्यपश्चिमलाई एक प्रदेश घोषणा गरी सुर्खेतलाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका छन् ।
बन्दले शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात पूर्णत ठप्प छन् भने दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज हुन नसक्दा जिल्लामा कालोबजारी बढेको छ ।
उता, अखण्ड रुकुमको माग गर्दै आठ दिनदेखि जारी आन्दोलन पनि कायमै छ ।

 See more at: http://imagekhabar.com

Post a Comment

 
Top