जुम्ला, श्रावण ३२ । कर्णालीलाई संघिय संरचनामा सुदुरपश्चिमसंग गाभेको र विशेष अधिकार सहितको कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको कर्णाली आन्दोलनको नवौ दिन आज (सोमबार) जुम्लामा गोली चलेको छ । कर्फ्युको अवज्ञा गरेको भन्दै प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।  कर्फ्युकैबीच आन्दोलनकारीहरुले सरकारी कार्यालयको

बोर्ड निकालेर फ्याकिदिएपछि प्रहरीले गोली चलाएको हो ।
कृषि अनुसन्धा केन्द्र राजिकोट र जिल्ला वनस्पति कार्यालयको साइनबोड आन्दोलनकारीहरुले जफत गरेका छन् ।
जुम्लामा लागेको अनिश्चितकालिन कफ्र्यूको अवज्ञा गर्दै गाउँ गाउँबाट खलंगा तर्फ मानिसहरु आइरहेका छन् ।
जुम्ला पुरानो वसपार्कमा नारा जुलुर गर्दै टायर जलाएर कफ्र्यूको अवेज्ञा गरेका हुन् । उनीहरु नारा जुलुस गर्दै खलंगा आउने तयारी गरिरहेका छन् ।
आइतबार खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरिरहेका वेला प्रहरीले गोलीचलाएको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top