महेन्द्रनगर, भदौ ३ - नेपालबाट भारततर्फ सहज रुपमा कृषि उपज निर्यातका लागि पहल गर्न नेपाली उद्योगी व्यवसायीले माग गरेका छन् । व्यवसायीले कृषिजन्य वस्तुको सहज निर्यात भएमा व्यापार घाटा समेत कम हुने जनाउँदै समस्यालाई तत्काल हल गर्न आग्रह गरेका छन् । 
नेपाल–भारतका विभिन्न सीमाना हुँदै निर्यात गरिने कृषि उपजको गुणस्तर मापन गरिने प्रयोगशाला भारतीय सीमा क्षेत्रमा नभएकाले नेपाली व्यवसायीहरुले कृषि उपज निर्यात गर्न सकिरहेका छैनन् । भारतले सीमा क्षेत्रमा गुणस्तर परीक्षण गर्ने कार्यालय स्थापना नगरेका कारण कृषि उपज निर्यात गर्न नसकिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गड्डाचौकी नाका भएर कृषि उपज निर्यात गर्न नैनितालमा गुणस्तर परीक्षण गर्नुपर्ने भारतीय पक्षको प्रावधान रहेको छ । नैनिताल गएर कृषि उपजको परीक्षण गर्नु झन्झटिलो हुने भएकाले व्यापारीले भारतमा कृषि उपजको निर्यात गर्न नसकेको हुन् । 
सीमा नजिकै गुणस्तर परीक्षण कार्यालय स्थापना गर्न सके नेपाली ब्यापारीलाई सजिलो हुने भएकाले सरकारी पक्षले पहल गर्नुपर्ने अध्यक्ष जोशीले बताउनुभयो । नेपालबाट भारतमा कृषि उपज निर्यात नहुने भएकाले कार्यालय स्थापना नभएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार कृषि उपज निर्यात हुने अवस्था देखिएमा भारतीय पक्षसँग आवश्यक पहल गरिने छ ।

सहज रुपमा कृषि उपज भारत निर्यातका लागि पहल गर्न व्यवसायीको माग

  • Posted: Thursday, Aug 20, 2015 09:48 AM ( 1 hour ago )
 2  0  2 Total Views: 636
दुर्गा उपाध्याय/ उज्यालाे 
महेन्द्रनगर, भदौ ३ - नेपालबाट भारततर्फ सहज रुपमा कृषि उपज निर्यातका लागि पहल गर्न नेपाली उद्योगी व्यवसायीले माग गरेका छन् । व्यवसायीले कृषिजन्य वस्तुको सहज निर्यात भएमा व्यापार घाटा समेत कम हुने जनाउँदै समस्यालाई तत्काल हल गर्न आग्रह गरेका छन् । 
नेपाल–भारतका विभिन्न सीमाना हुँदै निर्यात गरिने कृषि उपजको गुणस्तर मापन गरिने प्रयोगशाला भारतीय सीमा क्षेत्रमा नभएकाले नेपाली व्यवसायीहरुले कृषि उपज निर्यात गर्न सकिरहेका छैनन् । भारतले सीमा क्षेत्रमा गुणस्तर परीक्षण गर्ने कार्यालय स्थापना नगरेका कारण कृषि उपज निर्यात गर्न नसकिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष गणेशदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गड्डाचौकी नाका भएर कृषि उपज निर्यात गर्न नैनितालमा गुणस्तर परीक्षण गर्नुपर्ने भारतीय पक्षको प्रावधान रहेको छ । नैनिताल गएर कृषि उपजको परीक्षण गर्नु झन्झटिलो हुने भएकाले व्यापारीले भारतमा कृषि उपजको निर्यात गर्न नसकेको हुन् । 
सीमा नजिकै गुणस्तर परीक्षण कार्यालय स्थापना गर्न सके नेपाली ब्यापारीलाई सजिलो हुने भएकाले सरकारी पक्षले पहल गर्नुपर्ने अध्यक्ष जोशीले बताउनुभयो । नेपालबाट भारतमा कृषि उपज निर्यात नहुने भएकाले कार्यालय स्थापना नभएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार कृषि उपज निर्यात हुने अवस्था देखिएमा भारतीय पक्षसँग आवश्यक पहल गरिने छ ।

Post a Comment

 
Top