भदौ
४ – उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको सीमा क्षेत्रमा
खटिएका सैनिकलाई युद्ध जस्तो कुनै पनि अवस्थाका लागि तयार भएर बस्न
निर्देशन दिएका छन् ।
दक्षिण कोरियासँग भएको पछिल्लो
गोलाबारीपछि नेता उनले युद्धका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको
सरकारी समाचार संस्था केसिएनएले जनाएको छ ।
बिहीबार अबेर भएको आपदकालिन बैठकमा नेता
उनले युद्ध जस्तो अवस्थाका लागि तयारी भएर बस्न सैनिकलाई निर्देशन दिनुभएको
हो । दक्षिण कोरियालो आफू विरुद्ध गरिरहेको गतिविधि तत्काल नरोके सैन्य
कारबाही गर्ने नेता उनले बताएको समाचारमा उल्लेख छ ।
Post a Comment