काठमाडौं, साउन ३२ - पिउने पानीमा ध्यान नदिँदा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौं उपत्यका सहित केही जिल्लामा हैजाको बिरामी भेटिएका डाक्टरले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्रै अहिले हैजाको लक्षण देखिएका ४० भन्दा धेरै विरामी छन् ।

विरामी सबैले पानी नउमालिकन र शुद्धिकरण नगरिकन खाएको बताएका अस्पतालका डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अस्पतालमा अहिले दैनिक २०/२५ जनाको हाराहारीमा झाडापखालाका विरामी उपचारका लागि पुग्ने गरेका छन् ।
काठमाडौंको बल्खु, कुलेश्वर, कालिमाटी, टेकु, नरदेवी, ललितपुरको इमाडोल, सानेपा, भक्तपुर र नुवाकोट लगायत क्षेत्रमा हैजा देखिएको डाक्टर पुनले बताउनुभयो । उहाँका अनुसार धेरैजसोले किनेको पानी सफा हुन्छ भनेर नउमालिकन पिउने गरेकाले बिरामीको संख्या बढ्दै गएको हो ।

Post a Comment

 
Top