सिन्धुली, श्रावण ३२ । नयाँ संविधानमा हिन्दू राष्ट्र नेपाल लेखिनुपर्ने माग राख्दै सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा र्‍याली र धर्मसभा गरिएको छ ।

हिन्दु राष्ट्र रक्षा महाअभियान सिन्धुलीले आयोजना गरेको र्‍याली र धर्मसभाका वक्ताहरुले नेपाललाई सनातन हिन्दू राष्ट्र नै कायम गरी संविधान जारी गर्न माग गरे । शंख–घण्टसहितसयौंको संख्यामा सर्वसाधारण सहभागी र्‍यालीले सिन्धुलीमाडीका प्रमुख बजारको परिक्रमा गरेको थियो ।
८५ प्रतिशतभन्दा बढी ओमकार परिवारसहितका हिन्दू धर्मावलम्बी रहेको नेपाललाई हिन्दू राष्ट्र नै कायम गरिनुपर्ने उनीहरुको जिकिर थियो ।
 
- See more at: http://imagekhabar.com

Post a Comment

 
Top