२ भदौ, काठमाडौं । प्रदेशको सीमांकनविरुद्ध आन्दोलनरत विभिन्न समूह र दलहरुसँग वार्ता गर्नेबारे प्रमुख दलहरु अन्योलमा परेका छन् । आन्दोलनकारीको माग के हो भन्नेबारे सत्तारुढ नेताले नै अनभिज्ञता प्रकट गरेका छन् ।

Ramchandra-Paudel
सीमांकनमा आफ्नै पार्टीका नेता-कार्यकर्ता र सभासदहरु समेत असन्तुष्ट भएर आन्दोलन चलाइरहेका बेला कोसँग कुन एजेण्डामा वार्ता गर्ने भन्नेमै अन्योल रहेको कांग्रेसका एक नेताले बताए ।
विगतमा विभिन्न समूहसँग सहमतिपत्रमा हस्ताक्षर गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने धेरजसो आन्दोलनकारीका माग नै नबुझिएकाले कोसँग के विषयमा कुरा गर्ने भन्ने प्रश्न गरे । पौडेलले भने-‘नयाँ नयाँ समूह निस्केका छन्, कसका माग के हुन् भन्ने नै थाहा छैन ।’
सीमांकनविरुद्ध मधेसी, थारु, कर्णाली र सुर्खेतका बासिन्दा आन्दोलित हुन थालेपछि क-कसका माग कसरी सम्बोधन गर्ने भन्ने मोडालिटी बनाउन नसकिएको फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारले बताए ।
मंगलबार रातिसम्म बसेर भए पनि सीमांकनमा सामान्य परिमार्जन गरेर टुंगो लगाउने तयारीमा रहेका शीर्ष नेताहरु बुधवार आ-आफ्नो पार्टीसम्बद्ध असन्तुष्ट समूह र अन्य सरोकारवालाहरुसँग छलफल गरेर वार्तामा बस्ने गरी उठेको एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले बताए ।
ज्वालाले भने-हामी मध्यपश्चिमका तीनै पार्टीका सभासद र नेताहरु पनि आफ्ना कुरा राख्न गएका थियौं, नेताहरु विभिन्न विकल्पमा छलफल गर्दैछन्, सम्भवतः केही समूहसँग वार्ता होला ।
नेम्वाङले भने-अधिकतम सहमति गर
यसैबीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सीमांकनबाट असन्तुष्ट रहेका दलहरु र सरोकारवालासँग संवाद गर्न शीर्ष नेतालाई सुझाव दिएका छन् ।
नेम्वाङले अनलाइनखबरसँग भने-मैले जनमत संकलनबाट फर्किएदेखि नै नेताहरुलाई भनिरहेको छु, असन्तुष्ट भएकाहरुलाई पनि अधिकतम सहमतिमा ल्याउन सम्वाद गर्नुस् ।
नेम्वाङले शतप्रतिशत सहमति कहिल्यै नहुने भएकाले धेरैभन्दा धेरै अशन्तुष्टिलाई सम्बोधन गरेर संविधान भदौ दोस्रो सातासम्म जारी गर्नुपर्ने बताए ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top