काठमाडौं, भदौ ३ – मधेस आन्दोलनमा सहभागी हुँदा ज्यान गयो भने परिवारलाई ५० लाख रुपैयाँ दिने भनी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको निर्णयबारे संसदलाई यथार्थ जानकारी गराउन सभामुख सुवासचन्द्र नेम्वाङले रुलिङ गर्नुभएको छ । 
व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सांसदले मोर्चाको निर्णयप्रति आपत्ति जनाएपछि नेम्वाङले सरकारलाई यस्तो  रुलिङ गर्नुभएको हो । यस्तै विनियोजन विधेयक माथिको छलफल चलिरहँदा कुनै मन्त्री उपस्थित नभएपछि आजको छलफल केहीबेर अवरुद्ध भएको थियो । त्यसपछि नेम्वाङले मन्त्रीलाई उपस्थित हुन रुलिङ गरेपछि बैठक सुरु भएको छ ।

Post a Comment

 
Top