काठमाडौं, भदौ ३ – नेपाल र भारतबीच पाइपलाइन बिस्तार सम्झौता आउँदो आइतबार हुने भएको छ । पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउन बहुप्रतिक्षित अमलेखगञजदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तारको कामले सम्झौतासँग औपचारिकता पाउने भएको छ ।
सम्झौताका लागि भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पोरेशनका अध्यक्षसहित ११ सदस्यीय टोली काठमाडौं आउने भएको छ । सम्झौतामा के कस्ता कुरा रहने छन् भन्ने बारेमा नेपाल आयल निगमले शुक्रबार पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिने भएको छ ।
नेपालले १८ वर्ष अघिदेखि अमलेखगञ्जदेखि रक्सौलसम्म पाइपलाई बिस्तार गरेर पेट्रोलियम पदार्थको ढुवानी गर्ने प्रस्ताव गर्दै आएको थियो । तर सम्झौता हुन नसक्दा कामले हुन सकेको थिएन ।
गएको साउन २८ गते भारतको मन्त्रिपरिषदले पाइपलाइन बनाउने निर्णय गरेको थियो । पाइपलाई बिस्तार सम्झौता भएर काम सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थको ढुवानी सहज हुनेछ भने ढुवानी खर्च पनि कम हुनेछ ।

Post a Comment

 
Top