काठमाडौँ २ भदौ । मधेसमा जन्मिए पनि विभिन्न दलमा छरिएका केही सभासद् राष्ट्र विखण्डनको धन्दामा निर्लिप्त रही देश दौडाहामा जुटेको प्रस्ट भइसक्यो । अनि तिनका विखण्डनकारी वक्तव्यको भिडियो प्रमाणसमेत संसद्ले प्राप्त गरिसक्यो । यो सार्वजनिक भएको खबर हो । तर यीनीहरुको गतिविधिमा बहालवाला मन्त्री र विदेश बस्ने नेपालका एक धनीमानीको आडभरोसा रहेको पुष्टि भएको छ ।
प्रदेशको समिांकनले मधेसका ८ जिल्लालाई न सामथ्र्य न शक्ति , केही पनि नदिएको छर्लङ छ । तर त्यसविरुद्ध मधेसमा आगो बलेको पाइएन । बरु पहाड तात्यो तर त्यसअघि बेला–कुबेला दन्किरहने तराई तात्ने लक्षण देखाएन । यही भएर त्यस क्षेत्रका केही मानिस थारुलाई उचाल्न बाँके पुगे र त्यहाँबाट हौसिदै कैलालीको टिकापुरसम्म भ्याए ।
हतियार उठाएर पृथक राज्यको निम्ति संघर्ष गर्न उक्साएका उनीहरुलाई २८ गते सुरक्षाकर्मीले टिकापुरबाट एस्कर्टिङ गरेर नेपालगञ्जको सिद्धार्थ भ्यू होटल ल्याइपुर्याए । २९ गते दिनभर अलग–अलग र सामुहिक भेटघाट सकेर साँझ ५ः३० बजे बुद्ध एअरको अन्तिम उडानबाट काठमाण्डु लागे । ६ः३० बजे काठमाण्डु टेकेर अमरेशकुमार सिंह विमानस्थलबाट सोझै मन्त्री निवास पुगे । त्यहा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग उनको डेढ घण्टा गोप्यवार्ता चल्यो ।
अमेरिकाबाट आएर देउवासँग निकट सही दक्षिणी क्यम्पतिर ढल्किएका मीनेन्द्र अन्ततः सोही समूह परिवर्तनका कारण पटक–पटक सत्ताको चास्नी चाट्ने तहमा पुग्न सकेका हुन् । भोलिपल्ट ५ः३० बजे भाटभटेनीस्थित उपेन्द्र महतोको भव्य निवासमा छिरे । सबैजसो नेपाली नेता र दललाई वर्सेनि कुस्त रकम बाँडन सक्ने महतोसँग मध्यराति १२ बजेसम्म अमरेशले के के विषयमा वार्ता गरे होलान ? व्यापारिक परामर्श भनौ भने अमरेशको त्यो लाइन होइन । जनआस्था साप्ताहिकमा खबर छ  ।
उता, उनको जिल्ला सिरहामा भाई वीरेन्द्र महतोले संविधान निर्माणविरुद्ध राजमार्ग जाम गरिरहेको अवस्था छ । वीरेन्द्र उपेन्द्र यादवको फोरमका समानुपातिक सभासद् हुन् । उपेन्द्रको पार्टी पनि ४ दलले गरेको संविधान जारी गर्ने प्रयत्नको विरोधमा छ । कांग्रेसबाट निर्वाचित भए पनि आफूलाई हाकाहाकी भारतको दलाल भन्न रुचाउने अमरेश र उपेन्द्र यादव दुवै बाँके र कैलालीको यात्रामा सँगै थिए ।
उपेन्द्र महतोले करोडौं लगानी गरेर बहिनी जुलीलाई एमाले सभासद् बनाएका थिए भने भाई वीरेन्द्रलाई उपेन्द्र यादवको जिम्मा लगाएका थिए । एकातिर पार्टीलाई र राष्ट्रिय हितविरुद्ध बोल्दै हिँड्ने अमरेशलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सुशील कोइरालाले कारवाही गर्न नसक्ने, टिकापुरमा दिएको विखण्डनकारी भाषणको कपी गृहमन्त्रीले संसदमा पेस गर्दा सरकारकै प्रवक्ताले चाहिँ राति बोलाएर खासखुस गर्ने र यस्ता मान्छेलाई आधा राष्ट्र किन्न पुग्ने पैसा कमाइसकेका व्यापारीले आधारातसम्म भेट्ने भएपछि साउन महिनाभित्र संविधान जारी गर्न कसले रोक्यो भन्ने स्पष्ट नै छ ।
source : www.medianp.com

Post a Comment

 
Top