प्रेम आचार्य
अर्घाखाँची, भदौ ३- पहिले पहिले तरकारीमा  रासायनीक मल र बिषादी प्रयोग गर्ने  अर्घा घोचेखोलाका किसान सूर्य आचार्यले एक वर्षदेखि  तरकारीमा रासायनिक मल र बिषादीको प्रयोग गर्न छोड्नुभएको छ । रासायनिक मल र बिषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा पाएपछि रासायनिक मलको सट्टा गोठे, गोबर मल, गहुँत, कम्पोष्ट राखेर खेती गरेको उहाँले बताउनुभयो । पिसाबको प्रयोगले तरकारी खेती राम्रो भएको छ ।
  उहाँ मात्र घोचेखोला र किमडाँडाका झण्डै ६० घर परिवार अहिले अरु मलको सट्टा गाईभैंसीको पिसाबको प्रयोग गछृन् ।  जिल्ला कृषि बिकास कार्यलय र जिल्ला पशुसेवा कार्यलयले गाउँका किसानलाई गोबर मल, कम्पोस्ट मल र गाई भैंसीको पिसाब प्रयोग गरि तरकारी खेती गर्न सिकाएपछि गाउँका सबैले गाई भैंसीको पिसाब प्रयोग गर्न सुरु गरेका हुन ।  
पिसाब प्रयोग गर्न थालेपछि एकातिर रासायनिक मल किन्ने पैसाको बचत भएको छ भने अर्कोतर्फ उत्पादन पनि बढेको छ ।

Post a Comment

 
Top