प्रेम आचार्य
अर्घाखाँची, भदौ ३- पहिले पहिले तरकारीमा
रासायनीक मल र बिषादी प्रयोग गर्ने अर्घा घोचेखोलाका किसान सूर्य
आचार्यले एक वर्षदेखि तरकारीमा रासायनिक मल र बिषादीको प्रयोग गर्न
छोड्नुभएको छ । रासायनिक मल र बिषादीको प्रयोगले उत्पादन गरिएका तरकारी
खानाले स्वास्थ्यमा असर गर्छ भन्ने थाहा पाएपछि रासायनिक मलको सट्टा गोठे,
गोबर मल, गहुँत, कम्पोष्ट राखेर खेती गरेको उहाँले बताउनुभयो । पिसाबको
प्रयोगले तरकारी खेती राम्रो भएको छ ।
पिसाब प्रयोग गर्न थालेपछि एकातिर रासायनिक मल किन्ने पैसाको बचत भएको छ भने अर्कोतर्फ उत्पादन पनि बढेको छ ।

Post a Comment