घनश्याम पौडेल
२ भाद्र, अर्घाखाँची

अर्घाखाँची जल्लाको कुपोषणको अबस्था घटाउने उदेश्यका साथ सन्धिखर्कमा सुरु भएको घरायसी खाद्यान्न उत्पादन सम्वन्धी जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । वर्षै भरी हरिया र सुन्तला रङका तरकारी र फलफुल उव्जाऔ, आफु खाऔ र वच्चालाई पनि खुवाँऔ भन्ने उद्देश्यले सुरु भएको ६ दिने तालिम सम्पन्न भएको हो ।    
    कार्यक्रममा मन्तब्य राख्दै जिबिसका स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवालीले परम्परागत करेसा बारीको सटा अब आधुनीक घरायसी खाद्यान्न उत्पादन बगैचाको निर्माण गरेर बर्षै भरी हरिया सागसब्जीको उत्पादन र फलफुलको उत्पादन बृद्धि हुन ेबताउनु भयो ।     
    कार्यक्रममा वोल्दै जिल्ला पशुसेवा कार्यालयका डा. रामनारायण मण्डलले आफुले सिकेको कुरालाई गाउँमा लगी स्थानीयलाई सिकाउन सकेपछि जिल्लाको लक्ष्य प्राप्त हुने बताउनु भयो ।

    कार्यक्रममा जिल्ला सुआहारा कार्यक्रमका संयोजक दिबस ढकालले हजार दिनका महिला , बालबालिका र  तिनका घरपरिबारको पोषणको अबस्था सुदृढ गर्नकालागि घरायसी खाद्यान्न बगैचा उदाहरणीय हुने बताउनु भयो ।

   सुआहारका मोती श्र्रेष्ठ र लक्की पौडेलले प्रशिक्षण दिने तालिममा पशुसेवा कार्यालय ,  कृषि विकास कार्यालयका प्राबीधीकहरु र लुम्विनी सामाजिक बिकास केन्द्र अन्तर्गत सुआहारका फिल्ड सुपरभाईजरहरु गरि २५ जनाको  सहभागीता रहेको थियो  ।
 तालिमको समापन समारोह जिल्ला कृषि बिकास कार्यलयका निमित्त प्रमुख बुद्धिराम भटराइको अध्यक्षता, सुआहारका फिल्ड संयोजक हेमन्त बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।


    कार्यक्रममा सहभागीको तर्फबाट दधिराम गौतम र राधा पाण्डेले मन्तब्य राख्दै घरायसी खाद्यान्न उत्पादन सम्बन्धि तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतारी, गाँउगाँयमा पुराउने बताउनु भएको थियो ।


Post a Comment

 
Top