सल्यान भदौ ३ – लगातारको बन्दले सल्यानको जनजीवन थप कष्टकर बनेको छ । बन्दकर्ताको अवरोधका कारण रातमा समेत कुनैपनि गाडी चल्न सकेनन् । आम हड्तालका कारण बजार पसल, कार्यालय तथा कलकारखानाहरु पूर्ण रुपमा ठप्प छन् ।
बन्दकर्ताले बिहीबार विहान ३ बजे २ वटा मोटरसाइकल तोडफोड गरेका छन् । उनीहरुले रा २ प २७२१ र रा २ प ४१०३ नम्वरको मोटरसाइकल श्रीनगर नजिकै शान्तिनगरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय सितलपाटीले जनाएको छ । 
एकीकृत राप्ती सहित ५ नम्वर प्रदेशमा सल्यान जिल्लालाई राख्नु पर्ने माग सहित ११ दिनदेखि प्रदर्शन भैरहेको छ ।

Post a Comment

 
Top