बुटवल, भदौं ३ - सुरक्षाको ग्यारेन्टी नगरे देशभरका ट्रकको साँचो सरकारलाई बुझाउने व्यवसायीहरुले चेतावनी दिएका छन् । सीमाङ्कनको बिरोधमा देशका बिभिन्न ठाउँमा भएका बन्दमा ट्रक तोडफोड भएको भन्दै व्यवसायीले सुरक्षाको माग गरेका हुन् ।
नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले सरकारले सुरक्षाको भरपर्दो प्रबन्ध गर्न नसके देशभरका ५० हजार ट्रकको साँचो सरकारलाई बुझाउने बताउनु भयो ।

Post a Comment

 
Top