बर्दिया, भदौ ४ – बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्धारामा जंगली हात्तीले ३ वटा घर भत्काएको छ । बिहीबार राति निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्धारा–५ बेतनी गाँउका प्रेम दमाई, रमेश परियार र बाटु दमाइको घर जंगली हात्तीले भत्काएको स्थानीय बासिन्दा तेज बहादुर परियारले बताउनुभयो ।
दुई दिन अघिदेखि चार वटा समुहमा आएका जंगली हात्तीले ठाकुरद्धारामा आतंक मच्चाउँदै आएका छन् । बुधबार राति पनि जंगली हात्तीको समुहले ठाकुरद्धारा–९ शिवपुर हात्तीसारमा २ वटा घरगोठ भत्काएको र झण्डै २ विगाहा क्षेत्रफलमा रहेको धानवालीमा नोक्सानी गरेका थिए ।

Post a Comment

 
Top