३ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । काठमाडौंको सामाखुसीमा विहीबार प्रहरीको गोली लागेर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
KUMAR (3)



घटनास्थलमा रगतका टाटा र कुमार घैंटेले प्रयोग गरेको भनिएको पेस्तोल





सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समुहबीच केहीबेर भिडन्त भएको थियो । कुमारको घर पनि त्यहिँ नै पर्दछ ।
सर्च अभियानमा रहेका प्रहरीहरुले सेतो स्कूटरमा रहेका उनलाई रोकेर सोधपुछ गरेका थिए । त्यहिक्रममा उनले पेस्तोल निकालेर प्रहरीलाई एक राउण्ड गोली हानेका थिए । त्यसपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । उनीमाथि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्नुस्
प्रहरीको गोली लागेर घाइते भएका कुमार घैंटेका सहयोगी सुरेन महर्जन र राज महर्जनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
सामाखुसीमा महानगरीय प्रहरी अपराध महाशाखाको सर्च अभियानका क्रममा घैंटेको टोलीले फायर खोलेपछि प्रहरीले जवाफी कारवाही गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरसँग भने, ‘सर्चका क्रममा उसले फायर खोल्यो र ढुंगामुढा गरेपछि जवाफी कारवाही गरिएको हो ।’
KUMAR (7)
ढुंगामुढा प्रहारबाट असईद्व बालकृष्ण सन्जेल र रन्जित लामा तथा प्रहरी जवान हेमन्त चौधरी घाइते भएका छन् । उनीहरुको बीर अस्पतालमा उपचार भैरहेको छ ।
घटनास्थलबाट एकथान हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलमा रगतका टाटा छन् । घटनास्थललाई प्रहरीले रेखांकन गरेर नियन्त्रणमा लिएको छ ।
Kumar Ghainte Encounter
चन्दा असुली र आपराधिक घटनामा संलग्न लामालाई प्रहरीले मोष्टवान्टेडको सूचीमा राखेको थियो । उनी सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने लगायतका गतिविधिमा संलग्न भएको, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यसअघि पनि कुमारले बागबजारमा प्रहरीमाथि गोली हानेका थिए । (अनलाईनखवर डटकमबाट साभार)
घटनास्थलका थप तस्वीर हेर्नुस्
Teaching-Hospital-after-dea
शिक्षण अस्पताल महाराजगञ्जमा लागेको भीड
KUMAR (2)
KUMAR (4)
KUMAR Ghainte (5)KUMAR (6)

Post a Comment

 
Top