साउन २६ – हिन्दी चलचित्रका चर्चित निर्देशक तथा निर्माता राजकुमार हिरानी दुर्घटनामा परेर घाइते भएका छन् । घाइते हिरानीलाई मुम्बइको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।
हिरानीको मुखमा चोट लागेको छ । उनको दाँतको भाग टुटेको छ । हिरानीले मंगलबार बिहान बुलेट मोटरसाइकल चलाएको र सन्तुलन गुमाउँदा दुर्घटना भएको जनाइएको छ । हिरानीका एक कर्मचारीले नयाँ बुलेट मोटरसाइलक किनेपछि उनलाई मोटरसाइकल चलाउनका लागि आग्रह गरेका थिए । आफ्ना कर्मचारीको आग्रहपछि मोटरसाइकल चलाएका हिरानाले सन्तुलन गुमाएपछि दुर्घटना भएको थियो ।
दुर्घटना लगतै उनलाई लिलावती अस्पताल लगिएको थियो । अहिले उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । हिरानीले निर्देशन गरेको आमिर खान अभिनित चलचित्र पिकेले राम्रो व्यापार गरेको थियो भने प्रतिक्रिया पनि राम्रो पाएको थियो । यसअघि हिरानीले निर्देशन गरेको चलचित्र  थ्री इडियट्सले पनि राम्रो चर्चा पाएको थियो ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top