जनकपुर, भदौ २५ – जनकपुरमा प्रहरीले चलाएको  गोली लागेर तीन जनाको ज्यान गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर धनुषाको जमुनियाका श्रीनारायण यादवका १६ वर्षका छोरा नितु यादव, सबैलाका विनोद साह र धनुषाको महेन्द्रनगरका संजय चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले मिल्सएरियामा चलाएको गोली टाउकोमा लागेर यादवको घट्ना स्थाल मै र साहको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो । यस्तै चाैधरीकाे उपचारको क्रममा ज्यान गएको हो ।  झडपको क्रममा अरु २० जना भन्दा बढी घाइते भएका छन् । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
गाउँ गाउँबाट आएका मोर्चाका नेता तथा कार्यकर्ता जनकपुर नगरक्षेत्रमा प्रवेश गर्न खोजेपछि झडप भएको थियो । आन्दोलनकारीले कर्फ्यु तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि भिडलाई नियन्त्रण गर्ने क्रममा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । दुई जनाको ज्यान गएपछि जनकपुरको अवस्था झनै तनावग्रस्त बनेको छ ।

Post a Comment

 
Top