काठमाडौं, साउन १ – सरकारी कर्मचारीका लागि खुशीको खबर, शनिबारदेखि बुधबारसम्म लगातार चार दिन बिदा हुने भएको छ । आइतबार मुस्लिम समुदायको महान पर्व इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै संविधानको प्रारम्भिक मस्यौदामाथि नागरिकको राय सुझाव लिन सोमबार र मंगलबार पनि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सभासदहरुको आआफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव संकलन गर्ने कामलाई ध्यान दिँदै सुझाव संकलनमा प्रत्यक्ष सहभागी हुनुपर्ने कर्मचारीबाहेकलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

Post a Comment

 
Top