काठमाडौं, असोज ३ – नयाँ संविधान जारी भएको उपलक्ष्यमा सोमबार शहिदमञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले तथा एकीकृत नेकपा माओवादीले  संयुक्तरूपमा सोमबार दिउँसो १ बजे विशेष खुशीयालीसभा आयोजना गर्न लागेका हुन् ।

सभालाई तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सैनिक मञ्चमा आयोजना हुने भव्य समारोहमा उपस्थित हुन सरकारले सबैसँग अनुरोध गरेको छ ।
सरकारका तर्फबाट सूचना तथा सञ्चार मन्त्रालयले विज्ञप्ती निकालेर समारोहमा सभासद्, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संगठन, पत्रकारसहित समस्त सञ्चारकर्मी, निजामती कर्मचारी, सुरक्षा निकाय, सार्वजनिक संस्थान, समिति, प्रतिष्ठानका कर्मचारी, प्राध्यापक, शिक्षक, डाक्टर तथा स्वास्थ्यकर्मीहरू, उद्योगी, व्यापारी, निजी क्षेत्र, विभिन्न पेसा व्यवसायमा आबद्ध पेसाकर्मी एवम् सम्पूर्ण देशवासीलाई आ–आफ्ना भेषभूषा र पोसाकमा समारोहमा सहभागी हुन आह्वान गरेको छ ।
सरकारले आइतबार र सोमबार आ–आफ्नो घर तथा कार्यालयमा दीपावली गर्न समेत आह्वान गरेको छ ।

Post a Comment

 
Top