धुलिखेल, साउन २१ - स्थानीय युवाको पहलमा सोलार जडान भएपछि धुलिखेलमा पर्यटकको संख्या बढेको छ । यसअघि लोडसेडिङका कारण साँझ पर्ने बित्तिकै सुनसान हुने गरेकोमा अहिले सोलार जडानपछि राती धुलिखेल हेर्ने पर्यटकको संख्या बढेको हो ।
नारायणस्थानदेखि पुरानो बजार, गणेशथान, सरस्वती बजार, अरनिको राजमार्ग क्षेत्र, भिमसेन स्थान, नगरपालिका जाने बाटो क्षेत्र लगायतको ठाउँमा आवश्यकता पहिचान गरि सोलार प्लानल मार्फत बत्ती जडान गरिएको छ ।
लिड सोलार स्ट्रिट लाईट प्रोजेक्ट नाम दिईएको कार्यक्रमका लागि हरेक घरबाट ५ हजार रकम संकलन गरिएको छ भने देश भित्र र बाहिर रहेका धुलिखेलका बासिन्दाले अरु सहयोग गरेका छन् ।
Post a Comment