जनकपुरधाम, साउन २९ - धनुषाको नकटाझिजमा छिमेकसँग बाँसको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ । मिथिला नगरपालिका १ नक्टाझिजका ५५ वर्षीय राम एकवाल महतोको छिमेकीको कुटाईबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

आलीमा भएको बाँसको लागि विवाद भएपछि छिमेकी नरेन्द्र महतोका परिवारले हात, मुक्का र लठ्ठीले राम एकवाललाई कुटपिट गर्दा घट्नास्थलमै ज्यान गएको प्रहरीको भनाई छ ।
घट्ना पश्चात ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट गएको प्रहरी टोलीले कुटपिटमा संलग्न नरेन्द्र महतो, विरेन्द्र महतो र फ्रेस महतोलाई पक्रेको छ ।  उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Post a Comment

 
Top