काठमाडौं साउन १९ - नेपालको राजधानी काठमाडौं अर्थात कान्तिपुरले आफ्नो नाम जुन मन्दिरबाट पायो त्यो मन्दिर अहिले हामीबीच छैन । वैशाख १२ को बिनासकारी भूकम्पले काठमाडौंले नाम पाएको मन्दिर काष्ठमण्डप ध्वस्त भएको हो । तर अहिले ललितपुर बुंगमतीका काष्ठ कलाकारले भूकम्पका कारण भत्किएको काष्ठमण्डपको प्रतिरुप बनाएका छन् ।  चार फिट अग्लो र साढे ३ फिट चौडाइको प्रतिरुप हिरा आर्टिस्टिक उड कार्भिङ्गका कलाकार हिरा रत्न बम्ह्राचार्यको नेतृत्वमा बुंगमतीका कलाकारहरुले बनाएका हुन् ।

काष्ठमण्डपको इतिहास

यो मन्दिरको इतिहास १२ औं शताब्दीसम्म जोडिएको छ । मल्ल राजा लक्ष्मी नरसिहं मल्लको पालामा एउटै सिंगो रुखको काठबाट यसको निर्माण भएको भनिन्छ । अहिलेको भूकम्पले ध्वस्त गरेको काष्ठमण्डपको मन्दिर १७ औ शताब्दीमा जीर्णोद्वार गरिएको हो ।
मेडिएल हिस्टी अफ नेपालमा लुसिएन पेटेचले हर्षदेवको पालामा ९ १०८५ ९ १०९९० मा नै काष्ठमण्डपको निर्माण भइसकेको उल्लेख गर्नु भएको छ । शुरुमा काष्ठमण्डपको क्षेत्रफल मन्दिरमा मात्र सीमित भएको थियो भने पछि यसको भूभाग फैलिएर उत्तरी भाग यम्बुसम्म फैलियो भनेर भनिन्छ । पछि १४ औं शताब्दीमा आएर यो काठमाडौंसम्म फैलियो । काष्ठमण्डपको पहिलो तल्लामा चारैतिर चारवटा गणेशको मूर्ति थियो । चारैतिरको पर्खालमा रामायण, महाभारतका कथा कुदिँएका थिए । पहिलो तल्ला सार्वजनिक रुपमा खुला भएपनि फोटो खिच्न पाईंदैनथियो । काठैबाट मात्र बनाएको मन्दिरमा एउटा पनि फलामको किला प्रयोग गरिएको थिएन ।
काष्ठमण्डपको पहिलो तल्लाको बीचमा पाइला सहितको गोरखनाथको मूर्ति राखिएको थियो । गोरखानाथको मूर्ति नै किन राखियो होला भन्ने सम्वन्धमा प्रचलित लोक कथा यस्तो छ ९ रातो मच्छिन्द्रनाथको रथ जात्रा हेर्नको लागि मानिसको रुप धारण गरेर गोरखनाथ आएका थिए ।

काष्ठमण्डपसँग सम्बन्धित लोक कथन

एक तान्त्रिकले उनलाई चिनेर तारणको माध्यमले कैद गर्यो ।  त्यसबेला तान्त्रिक काठको मन्दिर बनाउन सोचिरहेका थिए । आफूलाई कैदबाट मुक्त गर्नको लागि गोरखनाथले तान्त्रिकसँग सम्झौता गरेर काठको मन्दिर बनाउन सालको काठ उपलब्ध गर्ने बाचा गरे । त्यही काठबाट नै काष्ठमण्डप बनेको भनेर भनिन्छ । काठमाडौंको पहिचान बोकेको ‘काष्ठमण्डप’ पहिलो प्राथमिकतामा राखेर पुनर्निर्माणको काम अगाडि बढाउनुपर्ने  माग सहित ‘काष्ठमण्डप पुनःनिर्माण अभियान’ गठन समेत भएको छ  काष्ठमण्डप पुनर्निमाणका लागि पुरातत्व विभागले २० करोड रकम माग गरिसकेको छ ।

Post a Comment

 
Top