काठमाडौं, असोज २ - युरोपेली संघले विस्तृत शान्ति सम्झौतालाई अन्त्य गर्ने संविधानसभाबाट नयाँ संविधान जारी हुने कार्य नेपालको ऐतिहासिक घटना भएको जनाएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी संघले नयाँ संविधानको घोषणाले दिगो विकास, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
संघले विनाशकारी भूकम्प गएको अवस्थामा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्नेसमेत विज्ञप्तिमा जनाएको छ । रासस

Post a Comment

 
Top