काठमाडौं, असोज १ - घटस्थापनाको एक हप्ताअघि एकीकृत सुपथ मुल्य पसल खोल्ने तयारी भैरहेको सरकारले जनाएको छ । चाडपर्व लक्षित सुपथ मुल्य पसलमा सरकारले केहि रुपैयाँ छुट दिएर सामान बेच्ने गरेको छ । 

त्यसको लागि वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडसँग छलफल गरिरहेको विभागका निर्देशक हरिनारायण वेलवासेले बताउनुभयो । 
उहाँका अनुसार दशै आउन लागेकाले छलफललाई तिब्रता दिइएको हो । सरकारले हरेक वर्ष दशैतिहार र छठ पर्व लक्षित सुपथ पसल खोल्ने गरेको छ । यसपालीको घटस्थापना २६ गते परेको छ । 
नेपाल खाद्य संस्थान प्रधान कार्यालयका विक्रि वितरण प्रमुख श्रीमणीराज खनालका अनुसार यसपाली ८ वटा ठाउँमा एकीकृत सुपथ पसल राख्ने तयारी छ । गहुँ, चामल, दाल, गेडागुडी र फापर गरी १३ हजार क्वीन्टल विक्रि गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यी सामानमा ५ रपैयाँसम्म छुट दिने तयारी छ । 

Post a Comment

 
Top