बेल्जियम, असोज २ - संविधानसभाबाट संविधान पारित भएसँगै देशभर मात्रै होइन प्रबासमा रहेका नेपालीहरुमा पनि  खुशीयाली छाएको छ । राष्ट्रपति डाक्टर रामबरण यादवले संविधान जारी गर्ने दिन आइतबार नेपाल बिद्यार्थी संघ जर्मनीले दिपावली गर्ने तयारी गरेको छ । 

संघले जर्मनीको बर्लिनमा गर्न हुन लागेको दिपावलीमा उपस्थित हुन नेपाली समुदायलाई आग्रह गरेको छ । नेपाली कांग्रेस यूरोप संयोजक दिल गुरुङको बिशेष सक्रियतामा दिपावली कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक उत्तम घिमिरेले जानकारी दिनुभयको छ । ‘यो हामी बिदेशमा बस्ने सबै नेपालीहरुको लागि ऐतिहाशिक क्षण हो’ घिमिरेले भन्नुभयो ‘संबिधानलाई स्वागत गर्न पाउनु आफैंमा झन ऐतिहासिकक अवसर पनि हो ।’
युरोपमा रहेका नेपाली कुटनैतिक नियोगहरुले भने कुनै कार्यक्रम बाहिर ल्यायका छैनन्  । सबै दुताबासहरुले सूचना जारी गर्दै सोमबार दुताबास बन्द हुने जानकारी दिएका छन् । 
त्यस्तै गरेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले पनि नयाँ संबिधान बनेकोमा स्वागत गर्दै दिपावली कार्यक्रम तय गरेको छ । आईतबार राष्ट्रपतिबाट नेपालको नयाँ संबिधान जारी भएको घोषणा गर्ने कार्यक्रम रहेपनि त्यस दिन दिपावलीको लागि ठाउँ नपाएपछि सोमबार दिपावली गर्ने तयारी गरेको छ । 
स्पेनका गैरआवासीय नेपालीहरुलाई पनि देशमा संबिधान निर्माणमा भएको प्रगतिले खुसी बनाएको बताउँदै संघले ऐतिहासिक खुशीको क्षणमा हुने दिपावली कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ ।

Post a Comment

 
Top