काठमाडौं, साउन २४ - अफ्रिकी मुलुक मालिको सेभारेमा बन्दुकधारीको आक्रमणमा परी एकजना नेपाली सहित १३ जनाको ज्यान गएको छ । इस्लामिक बन्दुकधारीले त्यहाँँको एक होटलमा आक्रमण गरेको विविसीले जनाएको छ ।

मारिनेमा संयुक्त राष्ट्रसंघमा कार्यरत १ जना नेपाली सहित, २ जना युक्रेनी, एक जना दक्षिण अफ्रिकी र मालिका एक जना रहेका विविसीले जनाएको छ । ज्यान गुमाएका नेपालीको नाम ठेगाना खुलाइएको छैन । घटनामा ३ जना बन्दुकधारी पनि मारिएका छन् । राष्ट्रसंघमा कार्यरत अरु ४ जनालाई भने उद्दार गरिएको छ ।

Post a Comment

 
Top