बुटवल, साउन २४ – रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने प्रदिप आले, सन्तोष कुमाल, रुबिन तामाङ्ग र कमल सिंजालीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुबाट मोटरसाइकलका पाटपुर्जा र ईञ्जिन बरामद भएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा बुटवल र आसपासको क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढेका छन । प्रहरीका अनुसार हाटबजारदेखि घरमा पार्किङ्गमा राखेका समेत मोटरसाइकल चोरी हुने गरेका छन ।

Post a Comment

 
Top