मकवानपुर, साउन २१- मकवानपुरमा माथिल्लो दर्जाका प्रहरीहरुलाई पुरस्कृत र तल्लो दर्जाका प्रहरीलाई कारवाही गरिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरीचौकीमा विभेद देखिएको हो ।
तल्लो दर्जाका प्रहरीहरु बढीजसो फिल्डमानै उत्रेर काम गर्ने हुँदा गल्ती कमि कमजोरी पनि हुने र माथिल्लो दर्जाका प्रहरीहरु शक्तिका आधारमा पुरस्कृत हुने गरेको एक प्रहरी अधिकृतले बताएका छन् । ठूला दर्जाका प्रहरीलाई बढुवा हुन नम्बर थपिने जस्ता काममा सहयोग गर्ने, कमाण्डको काम गरिएकोमा पनि पुरस्कृत गर्ने तर फिल्डमा उत्रिएर काम गर्ने सिपाईलाई भने पुरस्कृत नहुने घटना प्रहरीमा धेरै रहेको बताइएको छ ।
यता नराम्रा काममा माथिल्लो तहकै अधिकृत स्तरको निर्देशनमा सिपाहीलाई काम गर्न लगाउने र पछि असजिलो परेमा उनीहरुलाई नै कारवाही गरिदै आएको प्रहरी श्रोतले दाबी गरेको छ ।
Post a Comment