बर्दिया, असोज ३ – बर्दियाको भुरीगाउँमा आइतबार नाचगानसहितको खुशीयाली र विरोधको नाराजुलुस एकैचोटी देखियो । भुरीगाउँको एक छेउमा नयाँ संविधान जारी हुन लागेकोमा खुशीयाली मनाउँदै नाचगान गरेको छन् भने अर्को तर्फ एक समुह नारा जुलुससहित संविधानको विरोध गरेका छन् । 

प्रमुख तीन दलले बेलुका भुरीगाँउमा दीपावली गर्ने तयारी गरेका छन् । दीपावली कार्यक्रमका लागि बिहानैदेखि तयारी गरिएको छ । कार्यक्रम गर्ने भनिएको ठाउँमा संविधान जारी हुन लागेको खुशीयालीमा रहेका नागरिकले नाचगान गरिरहेका छन् । सीमांकनको विरोधमा आन्दोलनमा रहेको थरुहटले भने नयाँ संविधानमा आफ्नो माग पुरा नभएको भन्दै विरोध स्वरुप निधारमा कालो पट्टी बाँधेर नारा जुलुससहित भुरीगाँउ बजार परीक्रमा गर्दै मेन चोकमै भाषण गरीरहेका छन् । खुशीयाली र विरोध कार्यक्रम झण्डै एक सय मिटरको दुरीमा छ । त्यस क्षेत्रमा सुरक्षाका लागि प्रहरी अरु दिनभन्दा बढी मात्रामा घटिएका छन् । दिउँसोदेखि सिमसिम पानी परिरहेपनि खुशीयालीमा निधारमा रातो टिका लगाएर नाचगान गर्ने र विरोधमा भाषण गर्ने क्रम चलीरहेको छ । बर्दियाको सदरमुकाम गुलरियाका सरकारी कार्यालय र केही संघ संस्थाको भवनमा बेलुका नयाँ संविधान जारी भएको खुशीयालीमा दीपावली गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी कुँवरको उपस्थितीमा कर्मचारीद्वारा सदरमुकाम गुलरियाको सहिद पार्क सरसफाई गरिएको छ । सहिद पार्कमा मुख्य तीन दलले दीपावली गर्ने कार्यक्रम राखेका छन् ।

Post a Comment

 
Top