काठमाडौं, असोज ३ - नेपालको संविधान २०७२ जारी हुने पूर्व निर्धारित कार्यक्रम केही ढिलाई हुने भएको छ । राष्ट्रपति डा. रामवरण यादव साढे ५ बजेदेखि ६ बजेभित्र मात्र संविधानसभा पुग्ने भएकाले संविधान जारी गर्न ढिलाई हुने भएको हो । 

यसअघि बेलुकी ५ बजे संविधानसभा भवनमा हुने विशेष समारोहमा राष्ट्रपति यादवले संविधान जारी गर्ने कार्यक्रम थियो । तर राष्ट्रपतिको सवारी केही ढिलो हुने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो । ५ बजेको पूर्व निर्धारित कार्यक्रममा भाग लिन सभासद सहित विशिष्ट पाहुनाहरु ४ बजे नै संविधानसभा भवन पुगिसकेका छन् । 

Post a Comment

 
Top