Baburam

काठमाडौं । शनिबार मध्यरातमा ६ प्रदेशको सीमाकंनका प्रमुख राजनीतिक दलबीच भएको हस्क्षाक्षरपछि एमाओवादी नेता एवं संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले जनताका सबै सुझाव समेट्न नसके पनि अब महत्वपूर्ण सुझाव समेट्दै भएको सहमतिपछि संविधान बन्ने बाटो खुलेको बताएका छन् ।
मध्यरातमा भएको सहमतिपछि फेसबुकमा स्टाटस राख्दै डा. भट्टराईले महत्वपूर्ण सुझाव समेट्दा समेट्दै पनि केही अपूर्ण र कमजोरी भए पनि गणतन्त्र संस्थागत हुने बाटोमा नेपाल प्रवेश गरेको र थप अधिकारको निमित लड्दै जाने बताएका छन् ।
यस्तो छ उनले आशावादी हुँदै फेसबुकमा पोस्ट गरेको स्टाटस :
–अन्ततः मध्यरातमा ५ शीर्ष नेता सम्मिलित विशेष समिति सीमांकन सहितको संघीयता र नागरिकता लगायतका जनताका महत्वपूर्ण सुझाव समेटेर संविधानको मस्यौदा परिमार्जन गर्न सफल भएको छ ।
–प्रत्यक्ष निर्वाचित कार्यकारी र कैलाली जस्ता कतिपय क्षेत्रको सीमांकनमा सहमति जुट्न नसके पनि अब संविधान बन्ने करिब सुनिश्चित भएको छ ।
–संघीयतामा वहुपहिचान युक्त प्रदेश भए पनि कैलाली, म्याग्दी आदि केही स्थान वाहेक सबैतिर जातीय र भाषिक निरन्तरता कायम गरिएको छ।
–नागरिकतामा बाबु र आमाको सट्टा बाबु वा आमाको व्यवस्था गरिएको, महिलाको प्रजनन् स्वास्थ्य मौलिक हकमा थपिएको, राज्यका अंगहरुमा महिला, दलित, अपांगको समावेसी समानुपातिक प्रतिनिधित्व थपिएको आदि महत्वपूर्ण सुधार भएका छन् ।
–राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने प्रावधान पनि थपिएकोछ ।
–गुठी समस्या, चलचित्र, अख्तियारको अधिकार क्षेत्र विस्तार, विदेशी DV/PR/Green Card लिनेलाई राजनीतिकरसंवैधानिक नियुक्तिबाट वंचित गर्ने , आदि अन्य केही थप कुरा छन् ।
–वडाध्यक्षको प्रत्यक्ष निर्वाचन, निजी क्षेत्रको भुमिका विस्तार,सार्वजनिक सम्पत्तिको रक्षा नागरिकको कर्तव्य आदि पनि थपिएका छन् ।
–’पूर्ण’ प्रेस स्वतन्त्रता, सुरक्षा परिषदमा मुख्य सचिव र प्रधान सेनापतिको व्यवस्था, सशस्त्र प्रहरी वल को नाउँ  ‘सशस्त्र प्रहरी वल, नेपाल’ आदि पनि थपिएका छन् ।
–त्यसैले संविधान नै नवन्ने हो कि भन्ने आशंका रहिरहेको वेला केही अपूर्णता र कमीकमजोरी सहितकै भए पनि संविधान वन्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने कुरालाई तत्काल उलब्धीमूलक नै मान्नुपर्ला । थप अधिकारको निम्ति त लड्दै जाने हो ।
- See more at: http://www.khabardabali.com

Post a Comment

 
Top