सुनसरी, भदौ १ – लगातारको बन्दले आजित भएपछि इटहरीका व्यवसायीहरुले बन्दको अवज्ञा गरेका छन् । लगातारको बन्दले आजित भएको भन्दै उद्योग बाणिज्य संघ इटहरीको अगुवाइमा बजार खोलिएको हो ।

मंगलबार दिउँसोदेखि इटहरीका बजार पसल पूर्ण रुपमा खुलेका छन् । बन्दको अवज्ञा गर्ने भन्दै इलाका प्रहरी कार्यालयमा पुगेका व्यापारीका लागि सुरक्षा प्रदान गर्न प्रहरी सहमत भएपछि बजार खोलिएको हो ।
उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले बन्दका कारण इटहरीको व्यापार व्यवसाय धारासायी भएकाले बन्दको अवज्ञा गरेको बताउनुभयो । व्यवसायीले बन्दको अवज्ञा गर्दै मोटरसाइकल र्‍यालीसमेत निकालेका छन । 
व्यापारी व्यापारी एक हौं, बन्द खोलौं भन्दै जुलुस निस्किएपछि इटहरीका पसलहरु खुलेका हुन । इटहरीबाट पूर्व र उत्तरी क्षेत्रका लागि छुट्ने गाडी पनि चलेका छन । धरानमा बजार पूर्णरुपमा खुल्ला छ । सवारी साधनहरु पनि चलिरहेको प्रहरीले जनाएको छ । तर शैक्षिक सस्थाहरु बन्द छन् । 
सुनसरीको इटहरीमा साउन पहिलो सातादेखि नै बिभिन्न संघ सस्थाहरुले बन्द गर्दै आएका छन् । दैनिक एक दुई घण्टा बन्द हुँदै आएकोमा साउन २७ गतेदेखि भने बन्द दिनभरी नै हुँदै आएको थियो । 

Post a Comment

 
Top