कपिलवस्तु, भदौ १ - अखण्ड मधेश थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीविच कपिलवस्तु सदरमुकाम तौलिहवामा झडप भएको छ ।

झडपका क्रममा प्रहरीले केहि सेल अश्रुग्यास र हवाई फायर गरेको छ । त्यसक्रममा ९ जना घाइते भएका छन् । चार वटा मधेसवादी दलको मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । 
घाईते मध्ये ६ जनाको तौलिहवा अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीको गोली लागि गम्भीर घाईते भएका ३ जनालाई भैरहवा मेडिकल कलेज पठाइएको तौलिहवा अस्पतालका डा. पवन कुमार अग्रहरिले जानकारी दिनुभयो । 

Post a Comment

 
Top