बुटवल, साउन २४ – पाल्पाको सिद्धबाबा नजिकबाट तिनाउ नदीमा खसेको बसको खोजी कार्य अहिले बिहानैदेखि सुरु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बसको खोजी गर्न प्रहरी परिचालन भइसकेको छ । बस खसेको ठाउँ नै पहिचान गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ । रातीको समय, पहिरो खसिरहेको अवस्था र बाटो खुलाउनु पर्ने कारण हिजो बेलुकादेखि रोकिएको खोजी कार्य अहिले सुरु भएको प्रहरीले जनाएको हो ।

पाल्पाबाट बुटवलको लागि छुटेको लु १ ख ५७७१ नम्वरको बस सिद्धबाबामा पहिरोसँगै हिजो खस्दा पाल्पा ताहु ५ की १६ बर्षिया बिद्या श्रेष्ठ र गुल्मी सिर्सेनीमा २६ बर्षिय बिष्णु थापाको शब भेटिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दिलिप घिमिरेका अनुसार दुई जनाको शवको भेटिएको छ भने एक जना महिलालाई बाढीले बगाएर लगेको छ । बसका चालक कमल रावतका अनुसार बसमा २२ देखि २५ यात्रु थिए । तीमध्ये २० जना जतिले भागेर ज्यान जोगाएका छन ।

Post a Comment

 
Top