काठमाडौं, भदौ २नेपालमा कानुनी मान्यता नपाइसकेको सरोगेसी सेवा कोख भाडामा लिएर बच्चा जन्माउने विधि उपत्यका बाहिर पनि विस्तार भएको पाइएको छ । नागरिक दैनिकमा समाचार छ ।
 
स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिे हाल सरोगेसी सेवा दिइरहेका राजधानीका चार अस्पताल व्यवस्थापक एवम सरोगेट आमासँग कुराकानी गर्दा नेपालगंज, विराटनगर र वीरगंजमा पनि सरोगेसी सेन्टर खुलिसकेको तथ्थ फेला परेको हो ।
 
भाडामा कोख दिन खोज्नेहरुको पहिचान गर्न र नाकाबाट बाहिर लान पनि सपजलो होस भनेर सीमा क्षेत्रमा पनि सेन्टर खोलेको देखिन्छ छानबिन समितिका एक सदस्यले भने ।

Post a Comment

 
Top