काठमाडौं, साउन ३२ – मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहितका दलले आइतबार र सोमबार दुई दिन नेपाल बन्दको आह्वान ग¥यो । आइतबार देशभर नै बन्द भयो । सडकमा गाडी चलेनन् । सोमबार भने बिहानैदेखि सडकमा सार्वजनिक गाडी देखिन थाले ।

साउनको अन्तिम सोमबार भएकाले दर्शनार्थीलाई मन्दिर जानु थियो । अरु आवश्यक काममा हिँड्नुपर्नेलाई पनि गाडी नै चाहिएको थियो । लगातारको बन्द कति सहनु भनेर स्वतःस्फूर्त रुपमा गाडी चल्न थाले । अर्कोले चलाएको देखेर ग्यारेजमा गाडी थन्क्याएर बसेका चालकले पनि आफ्नो गाडी चलाउन थाले । मध्यान्न भैसक्दा सडकमा गाडीको बाक्लो चहलपहल देखिन्थ्यो । सडकमा गाडी चलेपछि बन्द फिर्ता भएको हो भन्ने जिज्ञासामा नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले बन्द ५ बजेसम्म कायम रहने बताउनुभयो । उहाँले यसो भनिरहँदा सडकमा गाडीको चहलपहल झन् बढ्न थाल्यो । त्यसपछि ३ बजेदेखि बन्द फिर्ता भएको औपचारिक घोषणा गर्न बन्द आयोजक दल पनि बाध्य भए । 
संविधानमा ६ प्रदेश राख्ने ४ दलको सहमतिको विरोधमा नेकपा माओवादी लगायतका दलले हिजो र आज नेपाल बन्द आब्हान गरेका थिए । यसअघि बन्दका कारण सडकमा गाडी कम मात्र चलेका थिए । केही स्कुल कलकारखान र पसल   खुलेपनि धेरै पसल बन्द भए जबर्जस्ती बन्द गर्दै हिँड्नेलाई आजपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
http://ujyaaloonline.com/

Post a Comment

 
Top