रामेछाप, साउन ३२ – पहिरोको डरका कारण रामेछापको टोकरपुरका ८ घरपरिवार विस्थापित भएका छन् । भूकम्पले चिरा परेको डाँडोबाट पानी परेसँगै पहिरो खस्न थालेपछि टोकरपुर–७ का ८ परिवार विस्थापित भएका हुन् ।

पहिरोका कारण मधु मगर, खम थापामगर, रीम थापा मगर, टिकाराम थापा, राजेश थापा मगर सहित ८ परिवार विस्थापित भएका हुन् । उनीहरु अहिले घर नजिकैको सार्वजनिक जग्गामा त्रिपाल टाँगेर बसेका छन् ।

Post a Comment

 
Top