काठमाडौं, असोज ४ – संविधान घोषणा भएको खुशीयालीमा दीपावली गर्नको लागि नेपाल विद्युत्त प्राधिकरणले दुई दिन लोडसेडिङ हटाएको छ । आइतबार बेलुका लोडसेडिङ नगरेको प्राधिकरणले सोमबार पनि रातिसम्मै बिजुली उपलब्ध गराउने जनाएको हो ।

संविधानलाई स्वागत गर्न आइतबार काठमाडौंसहित देशभर घरघरमा बत्ती बालेर दीपावली गरिएको थियो । सोमबार पनि दीपावली गर्ने तयारी छ । संविधानको खुशीयाली मनाउन सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

Post a Comment

 
Top